भविष्य सुरक्षित बनाउन मासिक रूपमा कबुलियत रकम कम्तीमा १० वर्षको लागि जम्मा गर्नुपर्ने छ सदस्यले मासिक रूपमा जम्मा गरेको रकम अवधि समाप्त पछि मासिक रूपमा पेन्सन जस्तो गरी ब्याज आजीवन भुक्तानी गरिनेछ सदस्यको मृत्यु भए पश्चात् उक्त पेन्सन रकम सदस्यले इच्छाएको व्यक्तिलाई पनि आजीवन भुक्तानी गर्न सकिने छ । यदि उक्त बचत कार्यक्रममा राखेको रकम सदस्यले अवधि भित्रै फिर्ता मागेमा साँवा मात्र भुक्तानी दिनेछ तथा अवधि पुरा भएपछि सदस्य वा हकवालाले भुक्तानी मागेमा सदस्यको खातामा जम्मा भएको सम्पूर्ण रकम (साँवाब्याज) भुक्तान गरिने छ । यो बचत कार्यक्रम १०, १५, २०, २५ वर्षे पनि लागू गरिने छ । वार्षिक ११ प्रतिशतका दरले ब्याज हिसाब हुनेछ ।