यस क्षेत्रबाट अध्ययन र अन्य पेशा, व्यवसायको सिलसिलामा काठमाण्डौंमा रहेका केही युवाहरूको अगुवाईमा यहाँका श्रमिक, मजदुर, किसान, उद्यमी, व्यवसायी, समाजसेवी लगायत विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्तिहरूको सहभागितामा सहकारीको माध्यमबाट आफ्नो क्षेत्रमा आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्ने पवित्र उद्देश्य राखि सु.प.का खप्तड, बडीमालिका, साईपाल र महाभारत जस्ता हिमश्रृंखलाहरूको चिरस्मरण गराउने गरि सहकारी ऐन २०४८ बमोजिम २०६५ साल पौष २३ गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कैलालीबाट बहुउद्देश्यीय प्रकृतिको कार्य गर्न पाउने गरि ईजाजत प्राप्त संस्था हो ।
यस संस्थाको कार्यालय साविकमा जिल्ला कैलाली घउमनपा वडा नं १ कैलाली पुलमा थियो भने हाल मुख्य कार्यालय : संस्थाको आफ्नै भवन ध.उ.म.न.पा. ५ तारानगरमा अवस्थित छ बहुजातजातीय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक रीतिरिवाजले भरिपूर्ण यस संस्थाको कार्यक्षेत्र स्थापना कालमा साविकको धनगढी नगरपालिकाको १४ वडा रहेकोमा हाल धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका रहेको छ यो स्थान समुद्री सतहबाट ३०० देखि १२०० मि. सम्मको उचाईमा रहेको भू-भागमा फैलिएको छ
संस्था व्यवसायिक रूपमा संचालन गर्नका लागि राष्ट्रिय सहकारी बैंक लि.को “CARE” कार्यक्रममा आबद्ध छ । संस्थाले विगतका दिनहरूमा संचालन गरिरहेका कार्यक्रमहरूलाई निरन्तरता दिदै आफ्नो कार्यक्षेत्र भित्र रहेका सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि थप आयमूलक रोजगार तथा सीपमूलक कार्यक्रमहरू सञ्चालन गरी गरिब, विपन्न तथा पिछडिएका वर्गहरूको उत्थान तथा विकासका लागि मद्दत पुयाइ रहेको छ जसबाट समाजमा अशिक्षागरीबी तथा अज्ञानताको न्यूनीकरण भई सदस्यको उच्च जीवनस्तर निर्माण गर्नमा केही हद सम्म मद्दत पुगेको छ साथै सदस्यहरूको व्यावसायिक सोचको विकास गरि आत्मनिर्भर समेत बनाएको छ यस्ता सबल पक्षहरूलाई व्यवस्थित बनाउँदै आगामी दिनमा संस्थाको उत्कृष्ट छवि निर्माण गरि दिगो विकास गर्ने योजनाका साथ अगाडि बढिरहेको छ ।
संस्थाले चार वर्षे रणनीतिक व्यावसायिक योजना निर्माण गरी दिगो एवं सर्वोत्कृष्ट सहकारी को परिकल्पनाका साथ अगाडि बढिरहेको छ सदस्य सन्तुष्टिलाई मुख्य उद्देश्य बनाएको संस्था सदस्यहरूलाई सहज र सुलभ दरमा वित्तीय तथा गैर वित्तीय सेवामा समर्पित छ ।
सहकारीका सिद्धान्तहरू
➱ स्वेच्छिक तथा खुला सदस्यता (Voluntary and open membership)
➱ सदस्यहरूको प्रजातान्त्रिक नियन्त्रण (Democratic member control)
➱ सदस्यहरूको आर्थिक सहभागिता (Member economic participation)
➱ स्वायत्तता र स्वतन्त्रता (Autonomy and Independent)
➱ शिक्षा, तालिम र सूचना (Education, training and information )
➱ सहकारीहरू बिचको सहकार्य (Co-operation among Co-operatives)